नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँ नजिकै आज बिहान जिप दुर्घटना भएको छ ।
जिप खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको थियो ।
नेपाल प्रहरी र चौरजहारी नगर प्रहरीको टोलीले नगरपालिकाको एम्बुलेन्स लगायतका सवारी साधनमा घाइतेहरुलाई चौरजहारी अस्पताल लगिएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।