नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो ।
विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो लगातर दोस्रो हार हो भने यमनको पहिलो जित । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको एकतर्फी खेलमा यमनको लागि वैकल्पिक खेलाडी अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान १-१ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९०औँ मिनेटमा मोहम्मदले गोल गर्दै यमनलाई २-० को सहज जित दिलाए ।
जितसँगै समूह ‘एच’ कोयमनले तीन अङ्क जोडेको छ भने लगातार दोस्रो हार व्यहोरेको नेपाल अङ्कविहिन रहँदै समूहको पुछारमा रहेको छ । यसअघि छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएई) सँग ४-० ले पराजित भएको थियो भने यमन बहराइनसँग २-० ले पराजित भएको थियो । यस प्रतियोगिताको छनोटअन्तर्गत तेस्रो र चौथो खेल आगामी मार्चमा हुनेछ ।