नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
चितवन, भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव बुधबार फेला परेको छ ।
अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने दुवै जनाको हाल नाम, थर, वतन खुल्न सकेको छैन । बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले बोरा खोली हेर्दा हात खुट्टा डोरीले बाँधेको अवस्थामा शव फेला परेको हो ।
उनीहरूको पहिचान तथा घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।