सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १६ हजार ३०० रहेकोमा बिहीबार रु १ लाख १६ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १६ हजार ७५० रहेकामा बिहीबार प्रतितोला रु १ लाख १६ हजार ९५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ४५० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४४५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार