नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, शुक्रबार निर्णय हुने

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । यही मङ्सिर ५ गतेदेखि उच्च अदालत पाटनमा सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको हो ।

बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सुनुवाइ सकिएको र भोलि(शुक्रबार) निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।



जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।

सम्बन्धित समाचार