पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित) 

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ४ घटाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । आइओसीले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः २ रुपैयाँ १२ पैसा र ४ रुपैयाँ ०९ पैसा घटेर आएको थियो ।



निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश : एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ भने पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल.मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ ।

नयाँ मूल्यसूची : 

नयाँ मूल्यसूची : 

 

सम्बन्धित समाचार