वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा ‘दशैँमा १० गुणा’ विजेताको नाम सार्वजनिक

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित ‘दशैँमा १० गुणा’ अभियानको विजेता, इटहरीकी होमादेवी पान्डे को नाम सार्वजनिक गरेका छन्, जसमा विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छन् ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।



वेस्टर्न युनियन

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी दशैँमा १० गुणा अभियान शुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार