नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१ स्थित सडकमा लु.५६ प ४२४८ नम्बरको मोटरसाइकल र लु.४ त ८४०६ नम्बरको ट्याक्टर एक-आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत कुशीनगर शिवपुर मठिया बस्ने २२ वर्षीय राहुल गुप्ताको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु।१ ख ६६०३ नम्बरको तेल ट्याङकरमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद बिकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता तनहुँ, म्याग्दे गाउँपालिका-६ मौरीबजारस्थित सडकमा बा।प्र ०१-००६ ख २८६१ नम्बरको ट्रकले ग.१७ प ६५९७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका-९ ठामडाँडा बस्ने २६ वर्षीया सुक माया बिकको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिपि कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको छ । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।