सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार तोलामा ८०० रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।

स्थानीय बजारमा आज (सोमबार ) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २१ हजार ६०० रहेकोमा आइतबार रु १ लाख २० हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २१ हजार रहेकामा आइतबार प्रतितोला रु १ लाख २० हजार २०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै आइतबारकै मूल्यमा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ५४५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार