नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।
आफ्नै श्रीमती ४० वर्षीया सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सल्यान, कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने ४५ वर्षीय डम्मर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।