कविता – बुङ्गो

उदार गणतन्त्रमाथि धावा नबोल
काल्पनिक रामराज्यको
अचेल नयाँ अफर चलेको छ,
लोकतन्त्रको खम्बा हो – वाद, सिद्धान्त
तर, उत्तरलाई कर्नरमा राखी
दक्षिणसॅग सत्ता दाउपेचको खैनी मलेको छ

होडबाजी छ – यहॅा
किंगमेकर को बन्ने भनेर ?
धमिलो पानीमा माछा मार्नेहरुलाई
फाल्तु कुरा गर्ने फुर्सद छैन
यद्यपि, कम्युनको मादल
दुबैतिर भ्वाङ पारेर
सिद्धान्त र मूल्य खरानी भई जलेको छ



मेक इन नेपालको भीमकाय जिम्मेवारी छ
दर्शन र विचारका माहिर
सत्ताधारीहरूबीच
भद्र सहमतिको नाउॅमा
फलविहिन केराका घरी जस्तो
अनौठो सहबासपछि
बुङ्गो मात्रै फलेको छ
गणतन्र अब्बल तन्त्र हो
गद्दीको बार्गेनिंगकर्ता
व्यवस्थापक सबै वैरी भए
चरम सत्ताका भोगीहरुले
विदेशीहरूको ईशारामा
निरंकुश प्रतिगामीसॅग
धर्मको रसायन दलेको छ

होसियार ! धुमिल हुँदैछ- संघीयताको चमक
नरसंहार र हिंसाका फाइल
छेउ न टुप्पो भई जलेको छ
कित्ताकाट गरेर भूइॅमान्छेका चर्केका छातीलाई
मल्हल लगाउॅदैन, सरकार
नयॅा-नयॅा भ्यूटावरले छलेको छ
-अचेल,
काल्पनिक रामराज्यको नयॅा अफर।।।!

सम्बन्धित समाचार