वेस्टर्न युनियनको “दशैँमा १० गुणा” योजनाकी विजेतालाई नगद हस्तान्तरण

वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैँ लक्षित “दशैँमा १० गुणा” योजनाकी विजेता, इटहरी निवासी श्रीमती होमा देवी पान्डेलाई नगद हस्तान्तरण गरेको छ । योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी हुन् ।

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी दशैँमा १० गुणा अभियान शुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।



नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार