सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १६ हजार ३०० रहेकोमा सोमबार रु १ लाख १७ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १५ हजार ७५० रहेकामा सोमबार प्रतितोला रु १ लाख १६ हजार ४५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारको मूल्य अनुसार नै कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४१० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार