नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।
यस्तै आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।