जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटनाम वृद्धि हुँदै आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार