पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित) 

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीन घटाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । आइओसीले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा घटेर आएको थियो ।



निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश : एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ रुपैयाँ र एक सय ६८ रुपैयाँ तोकेको छ भने पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५४ रुपैयाँ ५० पैसा, एक सय ५६ रुपैयाँ र एक सय ५७ रुपैयाँ कायम गरेको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्ग सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपो रहेका छन् ।

सूची :

सम्बन्धित समाचार