नवकान्तिपुर संवाददाता
काठमाडौं, २ पुस ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । कैलाली, गौरीगंगा नगरपालिका-६ बिणा टोल बस्ने ५८ वर्षीय बादुराम चौधरी आफ्नै घर नजिकै पानीको धाराको छेउमा पानी जमेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दोलखा, भिमेश्वर नगरपालिका-१ देउराली मैदाने बस्ने ध्रुब प्रसाद उप्रेतीको छोरा ११ वर्षीय अबिरक उप्रेती आइतबार मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक २७ गते देखी हराई बेपता भएका उनको खोजी गर्ने क्रममा सोही ठाउँ शव फेला परेको हो ।
यता नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-९ भुताहा बस्ने ४८ वर्षीय हुम बहादुर कार्की आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सर्लाही, मलंगवा नगरपालिका-८ मलंगबाबा मन्दिरदेखि नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी २१ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता इलाम, फाकफोकथुम गाउँपालिका-४ स्थित खोल्से खोल्सामा सोही गाउँपालिका-१ लुमसुमदाङ बस्ने ६१ वर्षीय सुकमान थेगीम लिम्बू आइतबार मृत अवस्थामा फेला परेका छन् । मंसिर २२ गते पाँचथरको रबी बजारबाट हराई बेपत्ता भएका उनको शव फेला परेको हो ।
त्यसैगरी तेह्रथुम, लालीगुँरास नगरपालिका-८ सोल्मा बस्ने ६३ वर्षीय हरि बहादुर कार्की आफ्नै खेतको सुन्तलाको रुख मुनि आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सिन्धुली, दुधौली नगरपालिका-३ झुगाँ बस्ने ३५ वर्षीय शुशिल धामी सोही ठाउँ बस्ने उनकै काकाको छोराको घरको दलानमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै पाँचथर, फाल्गुनन्द गाउँपालिका-४ च्याव्लुङ बस्ने ५३ वर्षीय शेरहाङ चेम्जोङ आफ्नै खेतको पाखामा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।