जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ, ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर, षडानन्द नगरपालिका-१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार