चोक चोकमा एलियन भेषमा मानिस, आखिर के हुँदैछ ?

हामीले चलचित्रहरूमा एलियनलाई देखिरहेका हुन्छौँ । चलचित्र मात्रै नभएर कहिलेकाहीँ एलियन आएको वा आउने भन्ने हल्लाहरू समेत सुनिन्छ । के साँच्चै एलियन आउला त ? तपाई हाम्रो दिमागमा यो प्रश्न खेलिरहेको हुन्छ । एलियन आउँछ वा आउँदैन भन्ने प्रश्नको जवाफ भने हामीले पाएका छैनौँ ।

एलियनको भेषमा मानिसहरू देखिन्छन् भन्ने त पक्कै सबैलाई जानकारी छ । कहिलेकाहीँ एलियनको भेषमा देखिने ती मानिसहरूले केही न केही सन्देश बाँडिरहेका हुन्छन् । उनीहरूले मानिसहरूलाई आफूतिर आकर्षित गर्दै केही न केही कार्यक्रम गरिरहेका हुन्छन् ।



हिजोआज काठमाडौं उपत्यकाको मुख्य सहरहरूमा एलियन भेषमा केही मानिसहरू देखिन थालेका छन् । वसन्तपुर, पाटन, बानेश्वर, बौद्ध, कुमारीपाटी लगायत मुख्य चोकहरूमा देखिने ती एलियन भेषका मानिसहरूले कहिले केही खाइरहेका देखिन्छन् भने कहिले हातेब्यागमा सामान बोकिरहेको देख्न सकिन्छ । उनीहरूलाई स्थानीय तथा सर्वसाधारणहरूले निकै उत्सुकताका साथ हेरिरहेको दृश्य समेत देखिन थालेको छ ।

एलियन मुकुटधारीसँग सेल्फी खिच्नका लागि सर्वसाधारणहरू निकै उत्सुक देखिएका छन् । उनीहरूले पनि अनौठा क्रियाकलाप गरी मानिसहरूलाई आफूतिर आकर्षित गरिरहेको देख्न सकिन्छ ।

बजारमा यस्तो देखिएपछि हामीले उनीहरुलाई नजिकबाट पछ्यायौं । उनीहरूको हातमा पठाओ नेपाल अंकित झोला भेटियो । उनीहरूले पठाओको लोगो अंकित कपडा लगाएका छन् । एलियनलाई देखेको भन्दै विभिन्न सामाजिक सञ्जालमा समेत उनीहरूसँग खिचेको सेल्फी र भिडियो देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा कतिपयले यसलाई पठाओेले पक्कै केही नयाँ गर्दै छ भनेर अनुमान समेत गरेका छन् ।

यस्तो देखेपछि  हामीले पठाओको नेपालको मार्केटिङ हेड सुरक्षा हमाललाई सम्पर्क गर्यौं । उनले यस बारेमा जानकारी १९ डिसेम्बरमा मत्रै दिने सकिने बताइन् ।

सम्बन्धित समाचार