नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको र तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार)देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । यस्तै आज राति देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।