विश्वविद्यालयमा गोली चल्दा १४ जना विद्यार्थीको मृत्यु

चेक रिपब्लिक प्रागको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १४ जना विद्यार्थीको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू ‘स्तब्ध’ भएको बताउनु भएको छ । बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहनु भएका पावेलले भने- ‘घटनाबाट स्तब्ध छु। गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।’



बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी रहेको पुष्टि भएको छ । उनी मृत भेटिएका छन् । घटनाबारे अनुसन्धान जारी छ ।

 

सम्बन्धित समाचार