नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।
करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ ।
पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो।
यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।