रवि लामिछानेमाथि पोखरामा खोया प्रहार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । शनिबार पोखरामा अमरसिंहचौरमा आयोजित सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि एक युवकले खोया प्रहार भएको हो ।

खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ । सभापति लामिछानेले सभामा बोल्दै गर्दा ती युवकले अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । खोया प्रहार गर्ने युवकलाई कार्यक्रममा सहभागी तथा लामिछानेका समर्थले कुटपिट गरेका थिए ।



त्यसपछि लामिछानेले सम्बोधन रोक्दै खोया प्रहार प्रहार गर्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, खोयाले भने सभापति लामिछानेलाई लागेको थिएन । प्रहरीले मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कुटपिटबाट युवक सामान्य घाइते भएका छन्  ।

सम्बन्धित समाचार