सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १९ हजार ९०० रहेकोमा शुक्रबार रु १ लाख १९ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १९ हजार ३५० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख १९ हजार २५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ४७५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४८५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार