सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २१ हजार रहेकोमा सोमबार रु १ लाख २० हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २० हजार ४०० रहेकामा सोमबार प्रतितोला रु १ लाख १९ हजार ९०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ४६० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार