नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, बुद्धशान्ती गाउँपालिका- ४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १० वर्षीया बालिकाकाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने ५५ वर्षीय पदम मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।