सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १८ हजार ८०० रहेकोमा आइतबार रु १ लाख १९ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १८ हजार २५० रहेकामा आइतबार प्रतितोला रु १ लाख १८ हजार ९५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि आइतबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार ४१५ मा कारोबार भएको छ । आइतबार  चाँदी प्रतितोला एक हजार ४२०  मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार