१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोल बस्ने २४ वर्षीय श्याम बर्देवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

बर्देवाले ती बालिकालाई आफ्नै घरमा लगेर शुक्रबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाईपक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार