सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १८ हजार ३०० रहेकोमा बुधबार रु १ लाख १८ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १७ हजार ७५० रहेकामा बुधबार प्रतितोला रु १ लाख १७ हजार ९५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य हने स्थिर रहँदै बुधबारको मूल्य अनुसार नै कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४१० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार