१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर,चौदण्डीगढी नगरपालिका-७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटनामा वृद्धि हुँदै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार