५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, मेचिनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धन बहादुर श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार