नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ ढलान डेरा गरी बस्ने नुवाकोट घर भएका ३८ वर्षीय राजकुमार परियार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-३ कौगेडीस्थित माइती घरमा बस्दै आएकी ६१ वर्षीया साबित्री पाण्डे सोही ठाउँस्थित गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै बागलुङ, ढोरपाटन नगरपालिका-९ सुप्राङस्थित भुजिखोला जलविद्युत आयोजनाको कुलाको पानीमा सोही नगरपालिका फलियाघर बस्ने ७७ वर्षीय पूर्ण बीर विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने ५१ वर्षीय पूर्ण बहादुर नेपाली सोही उपमहानगरपालिका-३ सातबाँस ढकेलीथानस्थित पातु खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिका-११ उरहरीस्थित बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।