नवकान्तिपुर संवाददाता
काठमाडौं, १ माघ ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी, धरान उपमहानगरपालिका-८ सेउती पुल नजिक सडकमा प्र.१-०२-००२ च ४१६० नम्बरको कार आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा कार चालक इटहरी उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय दुर्गा राईको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी सुनसरी, भोक्राहानर्सिङ गाउँपालिका-४ चिरौली चोकमा बा.६६ प ४१९२ नम्बर र प्रदेश १-०२-०५ प ३४३२ नम्बरको २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा प्रदेश १-०२-०५ प ३४३२ नम्बरको मोटरसाइकल चालक भोक्राहनर्सिङ गाउँपालिका-६ बस्ने ३० वर्षीय बिरेन्द्र कुमार साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा।६६ प ४१९२ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-८ लामोसाँघुस्थित सडकमा रोकी राखेको बा.प्र.०१-००४ क ०११६ नम्बरको टिपरमा प्र.३ -०२ ०१२ प ३७३७ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक भारत सितामडी घर भएका २२ वर्षीय अर्जुन कुमारको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई सिन्धुसदावहार अस्पताल खाडिचौर हुँदै थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । दुबै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कपिलवस्तु, वाणगंगा नगरपालिका-२ पिपरा चोकमा लु.१ ज ४८२८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीया सुमित्रा देबी कार्कीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता स्याङजा, कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित सडकमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग.१ ख ४१५० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय अजित बोटेको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।