मङ्गलबारदेखि घट्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँले घटाएको हो ।

सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबारदेखि लागुहुने गरी नेपाली बजारमा पेट्रोल र डिजेलमा एक–एक रुपैयाँले पनि मूल्य घटाएको हो ।



यससँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

 

सम्बन्धित समाचार