नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके, बैजनाथ गाउँपालिका- ५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई शुक्रबार उँसो प्रहरीले पक्राउ गरेको छ ।
रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।