नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।
मकवानपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँस्थित सडकमा मधेश प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ना.२६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका-२ खोलाखेत बस्ने २५ वर्षीय हरि पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।