नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १९ हजार २०० रहेकोमा बुधबार रु १ लाख १८ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १८ हजार ६५० रहेकामा बुधबार प्रतितोला रु १ लाख १८ हजार १५० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य हने बुधबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ४१० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४२० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।