प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि पुलिसलाई, आर्मी ६ विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधि जितेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४९।५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान ३-३ विकेट, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए ।



१ सय ८२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ओभरमा ३७।५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । नेपाल पुलिस क्लबका लागि शंकर रानाले ६२ , अर्जुन साउदले ३६ , आरिफ शेखले २७ , अमित श्रेष्ठले २८, कुशल भुर्तेलले १४ र दिलिप नाथले ७ रन बनाएका थिए । फाइनल खेलमा नेपाल पुलिस क्लबका ललित राजवंशी म्यान अफ द म्याच घोषित भए ।

सम्बन्धित समाचार