नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको भर्याङ मुनि रहेको रिजर्भ पानी ट्यांकीमा डुबेर सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको आइतबार साँझ मृत्यु भएको छ ।
खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।