सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १८ हजार रहेकोमा सोमबार रु १ लाख १८ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १७ हजार ४५० रहेकामा सोमबार प्रतितोला रु १ लाख १७ हजार ९५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार ३७५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३९० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार