सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १८ हजार ६०० रहेकोमा सोमबार रु १ लाख १८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १८ हजार ५० रहेकामा मंगलबार प्रतितोला रु १ लाख १७ हजार ४५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारको मूल्य अनुसार नै कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार