पाकिस्तानमा राजनीतिक दलहरूबीच झडप हुँदा तीन जनाको मृत्यु, सात जना घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार दुई राजनीतिक प्रतिद्वन्द्वी दलहरूबीच भएको झडपमा तीन जनाको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएका छन् ।

पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) र ग्रान्ड डेमोक्रेटिक एलायन्स (जीडीए) का कार्यकर्ताहरू बीच लारकाना जिल्लामा सशस्त्र झडप भएको आधिकारिक स्रोतले सिन्ह्वालाई बताएको छ ।



प्रतिद्वन्द्वीबीचको चर्को बहसले उग्ररूप लिंदा गोली हानाहान भएको र दुवै पक्षका कार्यकर्ताका साथै उनीहरूको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको थियो ।

स्थानीय प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षकसहित तीन जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।

प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारी तितरबितर भएको र स्थिति नियन्त्रणमा आएको स्रोतले जनाएको छ । साथै एकजना प्रहरी अधिकारी सहित घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ  । ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार