आइसिसी यू -१९ विश्वकपको उपाधि अस्ट्रेलियालाई, भारत ७९ रनले पराजित   

आइसिसी यू -१९ विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको हो ।

दक्षिण अफ्रिकाको विलोमोर पार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि हरजस सिंहले ५५ रनको अर्धशतकीय पारी खेले भने कप्तान हग विब्गनले ४८ रन बनाए ।



त्यस्तै ओलिभर पिक ४६ रनमा अविजित रहँदा ह्यारी डिक्सनले ४२, रायन हिक्सले २० र चार्ली एन्डरसनले १२ रन बनाए । भारतका लागि राज लम्बानीले ३ विकेट लिए भने नमन तिवारीले दुई विकेट लिँदा सौम्य पाण्डे र मुसिर खानको भागमा समान १-१ विकेट रह्यो ।

२५४ रनको लक्ष्य लिएर मैदान उत्रेको भारत ४३.५ ओभरमा अलआउट हुँदै १७४ रनमै समेटिएको थियो । भारतका लागि आदर्श सिंहले ४७ रन बनाए भने मुरुगन अविशेकले ४२ रन जोडे । यस्तै मुसिर खानले २२ र राज लिम्बानीले १४ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि महली बर्डम्यान र राफेल म्याकमिलनले समान ३-३ विकेट लिए भने कोलुम भिड्लरले दुई विकेट लिँदा टम स्ट्रेकर र चार्ली एन्डरसनको भागमा समान १-१ विकेट रह्यो ।

सम्बन्धित समाचार