नवकान्तिपुर संवाददाता
काठमाडौं, २ फागुन ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । मोरङ, बेलवारी नगरपालिका-७ हल्दिवारी बस्ने २२ वर्षीय कृष्ण भुजेल आफ्नै घर नजिक नालीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै इलाम, माङसेबुङ गाउँपालिका-४ बनेली गाउँ बस्ने ६२ वर्षीया आइतरानी ओझी राई सोही ठाउँस्थित गोरेटो बाटो नजिक बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


