विश्वकप लिग–२  : नेपाल र नामिबिया भिड्दै

विश्व कप लिग–२ को पहिलो शृङ्खला आज (बिहीबार) देखि काठमाडौँमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागिता रहेको छ ।

शृङ्खला अन्तर्गतनेपाललेआजपहिलो खेल नामिबियासँग खेल्दैछ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९: ३० बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई पराजित गर्दै  श्रृंखला जित निकाल्ने उद्देश्यका साथ नेपाल मैदानमा उत्रिने छ भने नामिबिया पनि नेपाललाई उसकै मैदानमा हराउने सुरमा रहेको छ ।



पहिलो श्रृंखलाअन्तर्गत नेपालले बलिया दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग समान २-२ खेल खेल्दै छ ।  नेपाली टोलीले लिग–२ को पहिलो खेल आज नामिबियासँग खेल्नेछ । कुल ८ टोली सहभागी रहेको प्रतियोगितामा एक टिमले ३६ खेल खेल्नेछ ।

त्यस्तै नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो ।

सम्बन्धित समाचार