गोली चल्दा दुई जनाको मृत्यु, चार घाइते

दक्षिणी इजरायलमा शुक्रबार दिउँसो भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

इजरायली प्रहरी र आपतकालीन सेवाहरूले जनाए अनुसार एक जना बन्दुकधारीले दक्षिणी इजरायली शहर किरियत मलाखी नजिकैको बस बिसौनीमा थुप्रै मानिसहरूमाथि एक्कासि गोली चलाउदा सो घटना घटेको हो ।



घाइते चार जना मध्ये दुई जनाको अवस्था गम्भीर भने अन्य दुई जनाको अवस्था सामान्य रहेको म्यागेन डेभिड एडोम आपतकालीन सेवाले जनाएको छ ।

सम्बन्धित समाचार