विश्वकप लिग–२  : नेपाल र नेदरल्यान्ड्स भिड्दै

राजधानीमा जारी विश्व कप लिग–२ को पहिलो शृङ्खला अन्तर्गत दोस्रो खेलमा आज (शनिबार) नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।

शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागिता रहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९: ३० बजे सुरु हुनेछ । नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रृंखलामा पहिलो जित निकाल्ने उद्देश्यका साथ नेपाल मैदानमा उत्रिने छ भने नेदरल्यान्ड्स पनि नेपाललाई उसकै मैदानमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने सुरमा रहेको छ ।



जारी श्रृंखला अन्तर्गत बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो ।  शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् । बिहीबारदेखि सुरु भएको खेलमा नेपालले घरेलु मैदानमा पहिलो श्रृंखलाअन्तर्गत बलिया दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग समान २-२ खेल खेल्दै छ । कुल ८ टोली सहभागी रहेको प्रतियोगितामा एक टिमले ३६ खेल खेल्नेछ । हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो ।

 

 

 

सम्बन्धित समाचार