नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले जनता जनार्दनले भनेको कुरा सुन्नुपर्ने बताएका छन् । आज ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रजातन्त्र पूजनीय अवश्य रहेको र यसको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन् । पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्नेमा जोड दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्, ‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा —कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम्सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन्— त्यो सुनौं — त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ ।’
उनले सबैले मिठो खान र राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देश मै गतिलो शिक्षा र क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहने बताएका छन् ।
पूर्णपाठ: