नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।
तनहुँमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आज(सोमबार) बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरको बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनाम परी मृत्यु हुनेहरुको मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । जिप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १६ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।