नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।
काठमाडौं, नागार्जुन नगरपालिका-६ भैरव टोल डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका- १० घर भएका ३७ वर्षीय राजु भन्ने काजी बिश्वकर्मा (घिमिरे) नागार्जुन नगरपालिका-५ स्थित ह्वाईट गुम्बा जङ्गलस्थित सल्लाको रुखमा नाईलनको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा बुधबार मृत फेला फेला परेका छन् ।
काजीले आफ्नै कोठामा श्रीमती ३८ वर्षीया इश्वरी भन्ने प्रेम कुमारी श्रेष्ठ तथा छोरी ८ वर्षीया अनिसा श्रेष्ठ र नातिनी नाता पर्ने २ वर्षीया सिवाना श्रेष्ठ समेतको कर्तब्य गरी हत्यापश्चात फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त स्वयम्भूबाट घटनास्थलतर्फ खटिएको अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको हो ।
घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।